देशलाई संकट पर्दा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्छ : उपप्रधानमन्त्री सिंह



बर्दिया । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकट पर्दा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने गरेको बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले अबको कार्यभार राजनीतिक स्थीरताबो जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताए।

उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन र जीविकोपार्जन सहज बनाउनु रहेको बताए ।

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्