आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

गत सोमबारदेखि बढ्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्