हनुमानढोकामा एक जना मृत फेला



काठमाडौं । हनुमानढोका एक जना मृत फेला परेका छन् ।

हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि एक पुरुषको शव भेटिएको हो।

अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनको वतनसमेत अहिलेसम्म खुलेको छैन। शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्