परालको थुप्रोभित्र महिलाको शव फेला



रुपन्देही । रुपन्देहीमा परालको थुप्रोभित्र एक महिलाको शव फेला परेको छ ।

सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।

टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

महिलाको पहिचान हुन बाँकी रहेको छ । घटना बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ ।

बिहीबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरीअनुसन्धान थालेको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्