गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लागौँ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
उनले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा लाग्न र अरुलाई पनि भन्न आग्रह गरे ।
‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ र भनौँ,’ उनले फेसकबुकमा उल्लेख गरेका छन् ।
प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार
















