तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ कायम भएको छ।

बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ तोकेको थियो।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्