कतारमा सडक दुर्घटनामा युवा व्यवसायी आचार्यको मृत्यु



काठमाडौं, फागुन १० । नेपाली युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको कतारमा सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

गुल्मीको मालिका गाउँपालिका निवासी ४० वर्षीय आचार्य दर्घटनामा गम्भीर घाइते भएका थिए । उनको हमाद अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी कतारमै व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

नेपाली समुदायमा सक्रिय रहँदै आएका आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकारसमेत थिए ।

हाल उनको पार्थिव शरीर कतारको सनैया स्थित हमाद अस्पतालको मर्चरी सेन्टरमा राखिएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्