ललितपुरको सिभिल होम्समा आगलागी



काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।

एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो।

अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीले आगो नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्