लमजुङमा भूकम्प गयो
काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ३ दशमलव १ स्केल रेक्टरको भूकम्प मापन गरिएको छ ।
सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।
प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार
















