यसरी कोरियो भोजपुरमा विकासको भाग्यरेखा (भिडियो रिपोर्ट सहित)


 


भोजपुर, असार ८

धुले सडक शुरु भएको करिब पाँच बर्ष नबित्दै महंगो सपनाको रुपमा रहेको अरुण नदी माथि बनेको पक्कि पुल २०७० मंसीर १८  गते उद्घाटन भयो ।

यो आफैमा खुसीको खबर त हो नै साथै भोजपुर राष्ट्रिय सडकको सञ्जालमा पनि जोडियो । बेलायत सरकारको अन्र्तराष्ट्रिय विकास विभाग (डिफिड) को करिब ३५ करोड आर्थिक सहयोगमा पुल निर्माण भयो ।

२०६५ सालमा हेलिकप्टरबाट गाडी ओरालेको भोजपुर पक्कि पुल निर्माणसँगै सिधै सवारी साधन आवागमन हुन थालेपछि राष्ट्रिय सडक सञ्जालमा समेत जोडियो ।

नदीमा पुल बनेसँगै भोजपुरमा यतिबेला विनारोकटोक यातायात सञ्चालन भइरहेको छ ।  पुल निर्माण हुन करिब दुई बर्ष लागेको थियो ।

अरुण नदी र सभाखोलामा पक्कि पुल निर्माणसँगै पूर्वि पहाडका संखुवासभा, भोजपुर र खोटाङमा (र्याप) अन्र्तगत खनिएका करिब २८० किलोमिटर कृषि सडक आपसमा जोडिएका छन् ।

पुल निर्माण भएपछि सवारी साधन तथा यात्रुहरुलाई आवतजावतमा सहज भएको छ । यस अघि नदीमा पुल नहुँदा सडक विभागले सवारी आवागमनका लागि बैकल्पिक रुपमा फेरी लगाईदिएको थियो ।

नदीमा पानीको वहाव बढेसँगै फेरी बन्द हुँदा सर्वसाधारण झोलुंगे पुलको सहायताबाट आवतजावत गर्न बाध्य थिए ।

भोजपुरबासीले यो पुललाई जिल्लाको भाग्य रेखाको रुपमा समेत लिएका छन्, जुन बर्षौ देखिको सपना समेत थियो । झण्डै डेढ बर्ष अगाडीको यो भिडियो अाज पनि उत्तिकै सान्दर्भिक छ ।

कति पय त यस बिचमा यो पुल धेरै पटक अोहोरदोहोर गरिसक्नु भएको छ । तर कतिपयले त अझै पनि हेर्न पाउनु भएको छैन् । त्यसैले एकपटक यो भिडियो हेरौ । कसरी कोरिदैछ त भोजपुरमा विकासको भाग्यरेखा ?

(भिडियो हेर्नुहोस्)

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्