आलमदेवीको पूजा गर्न पूर्वराजा स्याङ्जामा
स्याङ्जा । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन् । उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार स्याङ्जा आएका हुन् । सोमबार उनीहरू वालिङ्मा बसेका हुन् ।
कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ । मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ ।
वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















