बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
पाँचथर । पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना भएको छ ।
हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार साँझ अमरपुर नजिक दुर्घटना भएको हो ।
सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा हिलिहाङ–१ का ३५ वर्षीय हेमराज योगी रहेका छन् ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार
















