आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

बुधबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्