विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला



काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा मृत फेला परेका छन् । काठमाडौँ, सिरहा, पर्सा र दार्चुलामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका–७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई मृत अवस्थामा फेला परेका छन् । राई बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै सिराहाको सिरहा नगरपालिका–१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय छोरा देवान्स मुखिया सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेका छन् । देवान्स बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

उता पर्साको वीरगंज महानगरपालिका–१७ अलौ बस्ने दिपक यादवकी छोरी ३ वर्षीया छोरी रिंकी कुमारी यादव पनि मृत अवस्थामा फेला परेकी छन् । रिंकी सोही ठाउँस्थित सार्वजनिक पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै दार्चुलाको नौगाड गाउँपालिका–१ एयरकोट बस्ने ७६ वर्षीय बिरभान सिंह महता पनि मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित सोल्याड भिरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्