सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने बताएका छन् ।
डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने विषय भने स्वीकार्य नहुने उनले स्पष्ट पारे ।
कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, परिवार छिन्नभिन्न बनाइदिने, जिन्दगी बदनाम, अविश्वास फैलाउने, भ्रम छरिदिनेलगायत विषय नियन्त्रण गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले अपराध नियन्त्रण हुनुपर्छ भनेर लाग्दा विरोध गर्नु आफैँमा स्तरहीन तर्क रहेको बताए ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार
















