इलाममा पिकअप दुर्घटना हुँदा १५ जना घाइते



इलाम । इलामको माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

माई नगरपालिका–१ पाल्टारमा आज अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड लगिएको छ ।

महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्