४९ अंकले नेप्से बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो। सो वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो।
१८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
लिबर्टी इनर्जीको मूल्य ९.९६, गुराँस लघुवित्तको ९.२४, बोटलर्स नेपाल बालाजुको ८.९९ प्रतिशत मूल्य बढ्यो ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार
















