घुससहित यातायात व्यवस्था विभागका शाखा अधिकृत पक्राउ



काठमाडौँ, फागुन १९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई रु २५ हजार घुससहित थलोबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा आज घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका रिजालको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News