तोलामा २२ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्