‘नो केबलकार’ समूहलाई वार्तामा आउनु सदनबाटै गृहमन्त्रीको आह्वान
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकालाई वार्तामा आउन आह्वान गरेका छन् ।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् ।
केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उनले बताए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको बताएका छन् ।
प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार
















