दोहोरो अंकले घट्यो नेप्से, १४ अर्ब २८ करोडको कारोबार



काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६६.६ बिन्दुमा पुगेको हो।

लगातार नौ दिन बढेको नेप्सेले एक सय ९८ अंक जोडेको थियो। सोमबार त्यसमध्ये केही अंक गुमाएको हो।

यसदिन ३०० स्क्रिप्सको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भयो।

यसैगरी दिब्यश्वरी हाइड्रोपावर, सिन्धु विकास बैंक र हिमालयन रिइन्सुरेन्सको सेयर पनि बढेको छ।

यसदिन समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको एक अर्ब ३८ करोड बढीको सेयर कारोबार भयो।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्