मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला



धनुषा । मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेका छन्।

मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

उनले त्यहाँ बान्ता गरेको भेटिएको छ। मृत्युको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्