आज पनि दोहोरो अंकले घट्यो नेप्से, १२ अर्ब ९४ करोडको कारोबार



काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेको छ।

नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६ बिन्दुमा पुगेको हो। बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो ।४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ५ स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्