एउटै रुखमा झुन्डिएको अवस्थामा पुरुष र महिला मृत फेला



विराटनगर । मोरङमा युवा र युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै विवाहित हुन् । मृतक युवतीको विवाह भने मोरङको कटरी गाँउपालिकामा विवाह भएको थियो ।

मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्।

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्