सुन तस्करीको आरोपमा अभिनेत्री पक्राउ, १५ किलो सुन बरामद
बैंगलुरु । सुन तस्करीको आरोपमा कन्नड फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री रान्या रावलाई पक्राउ गरिएको छ ।
कन्नड सुपरस्टार सुदीपको अपोजिटमा ‘मानिक्य’ (२०१४) जस्ता फिल्महरूमा अभिनय गरेकी अभिनेत्री रावलाई १४.८ किलो सुनसहित आइतबार राति बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानबाट उनी दुबईबाट आउँदै गरेको पत्ता लागेको छ । स्रोतका अनुसार उनी धेरै पटक दुबई गएकी थिइन् ।
विमानस्थलमा अवतरण गर्दा उनले आफू कर्नाटकका प्रहरी महानिर्देशककी छोरी भएको दाबी गरेकी थिइन् ।
कन्नड फिल्म उद्योगमा आफ्नो अभिनयबाट नाम कमाइसकेकी रान्या राव विरुद्धको यो मुद्दा अहिले चर्चाको ठूुलो विषय बनेको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार
















