प्रधानमन्त्री ओली भन्छन् – हिंसा गर्नेहरूले नै संविधान मास्न खोजेको आरोप लगाउँछन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको बताएका छन् ।
मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्चाउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताए।
उनले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरूको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताए।
मानवअधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै प्रधानमन्त्री ओलीले मानवअधिकार विरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लंघन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्त्व दिने धारणा राखे।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार
















