सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?



काठमाडौँ । आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तीन सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्