अस्पतालबाट डिस्चार्ज भए पूर्वयुवराज पारस



काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनको स्वास्थ्यमा सुधार आएपछि आज बिहान डिस्चार्ज गरिएको हो ।

शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्