६ जिल्लामा नयाँ सीडीओ पठाइयो, को-कहाँ ?



काठमाडौं । सरकारले ६ वटा जिल्लामा नयाँ सीडीओ पठाएको छ ।

बिहीबारेको निर्णयानुसार गृहमन्त्रालयमा थन्किएकामध्ये ५ सहसचिवको पदस्थापन तथा २ सीडीओको सरुवा गरिएको हो ।

संखुवासभाका सीडीओ विनोदकुमार खड्का रौतहट सरुवा हुँदा नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय ल्याइएको छ ।

सहसचिवहरू धर्मराज जोशी बाँके, दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा र शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्