सामान्य अंकले घट्यो नेप्से, १० अर्ब १० करोडको कारोबार



काठमाडौं। साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ।

नेप्से २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको हो। बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ।

यसदिन ३१० स्क्रिप्सको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भयो।

यससाता आइतबारबाहेक अरू दिन नेप्से परिसूचक घटेको थियो।

नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त र राप्ति हाइड्रोको सेयर सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब १२ करोड ८३ लाख बढीको सेयर कारोबार भयो। आज बैंकिङ, विकास बैंक, म्यानुफ्याक्चर र माइक्रोफाइन्स समूहका सूचक बढेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्