रिंकु सदाय मृत्यु प्रकरण : पञ्चायतीमा संलग्न वडा सदस्यसहित थप चार जना पक्राउ



सिरहा । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।

नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा प्रकरणको पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वडा सदस्य नथुनी साहसहित चार जना छन् । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

उनीहरूलाई आज तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्