नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन
काठमाडौँ । राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार
















