तोलामा एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्