राजावादीको प्रदर्शनमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र व्यवस्थाविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । पोखरा लगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा शाह आज अपरान्ह काठमाडौं फर्किँदैछन्।
पूर्वराजा शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत राजावादीहरू एयरपोर्ट पुगिसकेका छन् ।
प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार
















