आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला एक सय रूपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर छ।

आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्