बैतडीमा दुई किशोरी बलात्कृत



बैतडी । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवनाथ गाउँपालिका-१ कुस्मौतघाट बस्ने ३० वर्षीय चक्र सिंह साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साउदले ती किशोरीलाई ललाई फकाई सोही गाउँपालिका-१ सालको ईजरस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुस्मौतघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी बैतडीमै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेलौली नगरपालिका-१ बस्ने २५ वर्षीय मनोज सिंह नायकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नायकले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बयलचौरबाट खटिएको प्रहरीले उनलाई पाटन नगरपालिका-१ गडालेकबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्