आज पनि दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ३७ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ ।
नेप्से परिसूचक २०.६८ अंकले घटेर बजार २७५१ मा कायम भएको हो। योसहित लगातार छैटौं दिन बजार घटेको छ ।
गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।आज ८७ हजार १५६ पटकको सेयर किनबेचबाट ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ ।
कुल १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घटे ।नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढ्यो ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढ्यो ।
उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।
प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार
















