आज पनि दोहोरो अंकले घट्यो नेप्से, ८ अर्ब ३९ करोडको कारोबार



काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा अडिएको हो । गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ।

३०३ स्क्रिप्सको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से परिसूचक घटेपनि महालक्ष्मी विकास बैंक र जीन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन्।

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५८ करोड ६५ लाख बढीको सेयर कारोबार भयो।

आज विकास बैंकको सूचकबाहेक सबैको घटेको छ। यसअघि बजार निरन्तर ९ दिन बढेको थियो। त्यसपछि बजार करेक्सनमा गएको हो।

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्