​२२ मधेसी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित, काे–काे परे ?


 


झापा, फागुन २१

नेकपा एमालेको झापा बिर्तामोडमा बसेको स्थायी कमिटीको बैठकले २२ मधेशी एमाले नेताहरुलाई बिभिन्न कमिटीमा मनोनयन गरेको छ ।

बैठकले रघुबिर महासेठ, धर्मनाथ शाह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामदयाल मण्डल, रामचन्द्र शाह, रविन्द्र बैठा, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव, यदुबंश झा समेत १२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

यस्तै नारदमनी राना, जुली महतो, रञ्जु चौधरी, शान्ता चौधरी, हरि राजबंशी, सरोज यादव, सुधिर शाह र सरला यादव पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

यसैगरी एमाले केन्द्रीय सल्लाहकारमा हनुमान चौधरी र ७ नम्बर प्रदेश कमिटीमा मायाराम चौधरीलाई पनि मनोनित गरेको छ । एमालेको पछिल्लो निर्णयले मधेशमा एमालेलाई बलियो बनाउने नेताहरुले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्