सात दिनपछि दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब २३ करोडको सेयर किनबेच
काठमाडौं । सात दिनसम्म लगातार घटेको सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।
नेप्से १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा बन्द भएको हो। बुधबार कारोबार रकममा भने गिरावट आएको छ।
अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो । धेरैजसो सेक्टर बढेका छन् ।
बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटे । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार
















