१५ जिल्लामा पोलियो खुवाइँदै


 


काठमाडौँ, फागुन २१

स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ ।

तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

स्वास्थ्य संस्थाको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने कार्यमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले शुक्रबार नै गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गत कार्यरत केही स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ ख को विशेष पदस्थापनाका विषयमा रहेको असमझदारीलाई लिएर स्वास्थ्य संस्थामा तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्