नेपाली बजारमा आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ।

आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्