चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप, प्रहरीले चलायो गोली



धनुषा। धनुषाको भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको हो ।

झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।

गोली लागेर एकजना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन ।

घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाएको थियो ।

त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्