यातायात कार्यालय विराटनगरबाट १२ बिचौलीया पक्राउ
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो।
सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, बुढिगंगा गाउँपालिका-२ का ५० वर्षीय उदय कार्की र दुहबी नगरपालिका११ का २७ वर्षीय युवराज लम्साल रहेका छन् ।
त्यस्तै,विराटनगर महानगरपालिका-५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर महानगरपालिका-४ का २२ वर्षीय राजीव मण्डल, बर्जु गाउँपालिका- ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका-१ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा गाउँपालिका-१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका-३ का २९ वर्षीय अजयकुमार मण्डललाई पक्राउ गरिएको छ ।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
















