चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।
समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनप्रदर्शन गर्ने घोषणा गरेको हो ।
उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरिएको छ ।
संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
















