कुलमानका समर्थक र प्रहरीबीच धक्कामुक्की
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूसँग प्रहरीको धक्कामुक्की भएको छ ।
काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म पुगेका बेला धक्कामुक्की भएको हो ।
सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेका थिए । उक्त क्रममा प्रहरीसँग धक्कामुक्की भएको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: ११ चैत्र २०८१, मंगलबार
















