सेन्टर प्लाजामा आगलागी : फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर
सुनसरी । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको हो।
सशस्त्र प्रहरीले भने ५ जनाको उद्धार गरिसकेको छ । सशस्त्र प्रहरीले डोरीको सहायताले उद्धार गरिरहेको छ ।
केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो।
अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।
प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार
















