सेन्टर प्लाजा आगलागी : फसेका १६ जनाको उद्धार
सुनसरी । इटहरीमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ ।
सेनाको हेलिकप्टरबाट आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको हो ।
उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन्। इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् ।
प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार
















