मंगलबारदेखि बुढीदेवी सामुदायिक वनमा लागेको आगो नियन्त्रणबाहिर, त्रासमा स्थानीयबासी



काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा मंगलबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सेकेको छैन ।

बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ ।

स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले बताए ।

आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।

वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

सामुदायिक वनसँगै जोडिएको बस्तीमा जोखिम बढेपछि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको स्थानीयबासीले बताएका छन् ।

प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

उनले भने–‘वनमा लागेको डढेलो बस्तीमा आउन नदिन सजगता अपनाइएको छ । वडाबाट सर्वसाधारणलाई सचेत रहन र आगो निभाउनका लागि आह्वान गरिएको छ । जनप्रतिनिधि लगायत स्थानीय आगो निभाउने कार्यमा खटिएका छन् ।’

प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्