राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र एउटै कार्यक्रमका अतिथि



काठमाडौं, फागुन २४
राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज मंगलबार  एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन राष्ट्रपति भण्डारी र पूर्वराजा शाह जान लागेका हुन् ।

राष्ट्रपति र पूर्वराजा एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । चौधरी गु्रपका संस्थापक विनोद चौधरीको पहलमा दुवै जनालाई आमन्त्रण गरिएको हो ।

कार्यक्रमअनुसार शाश्वत भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नेछिन् भने सर्वधर्म सभामा पूर्वराजा विशिष्ट अतिथिको रुपमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News